जनस्वास्थ्य सरोकार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को रिक्त डीन पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटिले मंगलबार त्रिवि कार्यकारी समक्ष तीन जनाको नाम सिफारिस गरेको हो । समितिले डिनका लागि प्रा. डा. प्रदीप वैध, प्रा.डा. दिव्या सिंह शाह र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको हो ।
गत २१ जेठमा आईओएमका तत्कालीन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवाल उमेर हदका कारण सेवा निवृत्त भएपछि डिन पद रिक्त छ । उनको समयावधि सकिएलगत्तै त्रिवि उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटाले आईओएमका प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा ३ सदस्य डिन सिफारिस समिति गठन गरेका थिए । अब त्रिवि कार्यकारी परिषदको बैठकले सिफारिस भएका नाममध्येबाट एक जनालाई डिनमा नियुक्त गर्नेछ । सिफारिसमा परेका प्रा.डा. वैद्य त्रिवि सहकुलपति समेत रहेका शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेल निकट मानिन्छन् । प्रा.डा. शाह प्रधानमन्त्रीकी निजी चिकित्सक हुन् भने प्रा.डा. श्रेष्ठ मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक हुन् ।
प्रकाशित मिति: बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
