जनस्वास्थ्य सरोकार, नारायणपुर । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि कोभिड –१९ को फैलँदो संक्रमणसँंग जुध्न स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर नीति कार्यक्रम ल्याएको छ ।
नगरपालिकाको सातौँ नगरसभामा नगर प्रमुख नरुलाल चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा महामारी रोग तथा विपद् व्यवस्थापनका लागि पूर्वतयारी टोलीलाई थप सशक्त बनाइने उल्लेख छ ।
संघीय सरकारको सहकार्यमा उपमहानगरपालिकास्तरीय अस्पताल स्थापना गरिनेछ भने एक वडा एक स्वास्थ्य संस्थाको नीतिअनुरुप प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाको सबलीकरण, सुदृढीकरण एवं भौतिक पूर्वाधार विकासमा विशेष जोड दिइने छ । वंशाणुगत रोग सिकलसेल एनिमिया, थाल्सेमिया र प्रसूतिसम्बन्धी बिरामीका लागि निः शुल्क रगतको व्यवस्थापन गर्न नगर प्रमुख रक्तसञ्चार सेवालाई निरन्तरता दिइने जनाइएको छ ।
त्यस्तै शून्य शुल्कमा आधारभूूत शिक्षा नमूना विद्यालय घोषणा गरी लागु गर्ने, थारु भाषाको पाठ्यक्रम निर्माण गरी कक्षा ५ सम्म ऐच्छिक विषयका रुपमा पठनपाठनको व्यवस्था मिलाइने, सामुदायिक विद्यालयमा पनि नर्सरी, एलकेजी र युकेजी गरी तीन तहमा मन्टेश्वरी विधिबाट कक्षा सञ्चालन गर्ने र प्रत्येक वडामा एउटा प्राविधिक विद्यालय स्थापना गर्ने नीति उपमहानगरपालिकाले लिएको छ ।
त्यसैगरी सामुदायिक विद्यालयबाट उच्च लब्धाङ्क प्राप्त गरी प्राविधिक शिक्षा, चिकित्सा विषय अध्ययन गर्ने एक छात्र तथा एक छात्रालाई जनही रु पाँच लाख र इञ्जिनीयरिङतर्फ जनही रु तीन लाखका दरले प्रोत्साहनस्वरुप दिने व्यवस्था मिलाइने आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा समेटिएको छ । रासस
प्रकाशित मिति: बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

