जनस्वास्थ्य सरोकार, काठमाडौं । वरिष्ठता मिचेर कनिष्ठलाई डिन बनाएको विरोधमा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा सत्तारुढा दल नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले ताला लगाएको छ।
विद्यार्थी संगठनले बिहीबार संस्थानमा ताला लगाएका हुन्। बुधबार त्रीवी कार्यकारी परिषदले त्रीवी शिक्षण अस्पतालकी प्रा. डा. दिव्यासिंह शाहलाई डिन नियुक्त गरेको थियो। शाह प्रधानमन्त्री केपी ओलीकी निजी चिकित्सकसमेत हुन्। कनिष्ठ भएपनि शाहलाई प्रधानमन्त्रीको जोडबलमा डिन बनाएको विद्यार्थीको आरोप छ।
डिन सर्च कमिटीले बुधबार नै शाहसहित तीन जनाको नाम त्रीवीलाई दिएको थियो। विद्यार्थीले यसअघि पनि त्रीवी पदाधिकारीलाई भेटेर वरिष्ठताको आधारमा डिन नियुक्त गर्न माग गरेका थिए। तर विगतमा वरिष्ठताकै आधारमा डिन बनाउने परिपाटीलाई मिचेर शाहलाई डिन बनाएपछि विद्यार्थी आन्दोलित भएका हुन्।
डिन नियुक्ति खारेज नभएसम्म आन्दोलन नरोकिने विद्यार्थीको भनाइ छ। आफूहरुको आन्दोलनमा त्रीवी शिक्षण अस्पतालका कर्मचारीको समेत समर्थन रहेको विद्यार्थीको दाबी छ।
प्रकाशित मिति: बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
