जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा हालसम्मकै सर्वाधिक ६७१ जनामा कोरोना भाइरस ( कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै देशका ७४ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या ७,८४८ पुगेको छ । जसमा महिला ६१९ र पुरुष ७,२२९ रहेका छन । बुधबार ५८६ जनामा संक्रमण देखिएको थियो ।
यसैगरी बिहिबार १९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या १,१८६ पुगेको छ । जसमा पुरुष १०७२ जना र महिला ११४ जना रहेका छन् ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, नेपालमा कोरोनाकै कारण थप दुई जनाको ज्यान गएको छ ।नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । उहाँका अनुसार मृत्यु हुनेमा गोदावरी नगरपालीका वडा नं ४ कैलालीका ४६ वर्षिय पुरुष र लम्किचुवा २ कैलालीकै ४३ वर्षिय महिला रहेका छन् ।हालसम्म क्वारेन्टाइनमा १ लाख १६ हजार २१५जना बसेका छन भने ६ हजार ६४८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन । अहिलेसम्म पीसीआर विधिबाट १ लाख ५५ हजार ५ सय १८ जना र आरडीटी विधिबाट २ लाख ४३ हजार ५७५ को नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ५,७४६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
-1745933173.jpeg)
हिजोको बैठकपछि पनि निष्कर्ष नआउँदा चिकित्सकको आन्दोलन यथावत्
मंगलबार, वैशाख १६, २०८२
नेपालमा स्वास्थ्य क्रान्ति? सातै प्रदेशमा विशेष उपचार सेवा विस्तार हुँदै
मंगलबार, वैशाख १६, २०८२
५ वर्षमुनिका बालबालिकालाई पोषण भत्ताबढाउन सरकारलाई आग्रह
मंगलबार, वैशाख १६, २०८२
मोरङको बुढीगंगामा एक अर्ब लगानीको औषधि उद्योग स्थापना हुँदै
मंगलबार, वैशाख १६, २०८२
१६ वर्षीया सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
मंगलबार, वैशाख १६, २०८२ट्रेन्डिङ
१