जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा हालसम्मकै सर्वाधिक ६७१ जनामा कोरोना भाइरस ( कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै देशका ७४ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या ७,८४८ पुगेको छ । जसमा महिला ६१९ र पुरुष ७,२२९ रहेका छन । बुधबार ५८६ जनामा संक्रमण देखिएको थियो ।
यसैगरी बिहिबार १९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या १,१८६ पुगेको छ । जसमा पुरुष १०७२ जना र महिला ११४ जना रहेका छन् ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, नेपालमा कोरोनाकै कारण थप दुई जनाको ज्यान गएको छ ।नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । उहाँका अनुसार मृत्यु हुनेमा गोदावरी नगरपालीका वडा नं ४ कैलालीका ४६ वर्षिय पुरुष र लम्किचुवा २ कैलालीकै ४३ वर्षिय महिला रहेका छन् ।हालसम्म क्वारेन्टाइनमा १ लाख १६ हजार २१५जना बसेका छन भने ६ हजार ६४८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन । अहिलेसम्म पीसीआर विधिबाट १ लाख ५५ हजार ५ सय १८ जना र आरडीटी विधिबाट २ लाख ४३ हजार ५७५ को नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ५,७४६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
