
चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेले कोरोनाको सङ्क्रमण देखिएपछि विभिन्न ठाउँमा सहयोग गरिएको बताउनुभयो । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा २० श्यया पछि फिर्ता गर्ने गरी कलेजले दिएको छ । यसैगरी फिर्ता नगर्ने गरी माडीसँगै भरतपुर महानगरपालिका वडा नम्बर ५ मा १० श्यया उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।भरतपुर कोभिड–१९ प्रयोगशाला स्थापना गर्दा सोही मेडिकल कलेजका पाँच जना चिकित्सक प्राविधिकले सहयोग गरेका थिए । न्यौपानेका अनुसार अहिले पनि दुई जना त्यही कार्यरत छन् । कलेजले निजी क्षेत्रबाट पिसिआर परीक्षणका लागि रु पाँच करोड खर्च गरेर प्रयोगशाला तयार गरेको छ । न्यौपानेले सरकारले चलाउन चाहेमा प्रयोगशाला दिने भन्दै स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेकोसमेत जानकारी दिनुभयो । स्वास्थ्य सामग्री सहयोग विराट नेपाल मेडिकल ट्रष्टले स्वास्थ्य कार्यालय चितवनलाई रु तीन लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ट्रष्टका क्षेत्रीय कार्यालय प्रमुख पुष्करराज पौडेलले कार्यालयका प्रमुख दीपक तिवारीलाई ती सामग्री बिहीबार हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा कोरोनाको रोकथाम नियन्त्रण तथा उपचारको क्रममा अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मी र संलग्न अन्य व्यक्तिका लागि उपयोगी हुने ७० व्यक्तिगत सुरक्षा सामग्री, केएन ९५ मास्क ७० थान, स्यानेटाइजर ६० थान, पञ्जा ६० थान, एप्रोन १५ थान र बुट १५ थान उपलब्ध गराइएको थियो । पौडेलले पहिलो चरणमा ती सामग्री उपलब्ध गराइएको बताउँदै दोस्रो चरणमा जिल्लाका सबै पालिकाका स्वास्थ्य संस्थाबाट उपचार सेवा लिइरहेका क्षयरोगबाट प्रत्यक्ष वा अप्रत्यक्षरुपमा प्रभावित ३०० परिवारलाई खाद्य राहत सामग्री वितरण गरिने बताउनुभयो । स्वास्थ्य कार्यालय प्रमुख तिवारीले संस्थाको सहयोगले उच्च जोखिममा काम गरिरहेका स्वास्थ्यकर्मीलाई धेरथोर सहयोग पुग्ने बताउनुभयो । ट्रष्टले नेपालमा क्षयरोग नियन्त्रण कार्यक्रममा सहयोग गर्दै आइरहेको छ । संस्थाले हाल जिल्लामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, प्रादेशिक स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी निक साइमन्स फाउण्डेशनको आर्थिक सहयोगमा इप्याक्ट टिभी परियोजना सञ्चालन गर्दै आइरहेको छ । रासस
प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
-1745933173.jpeg)
हिजोको बैठकपछि पनि निष्कर्ष नआउँदा चिकित्सकको आन्दोलन यथावत्
मंगलबार, वैशाख १६, २०८२
नेपालमा स्वास्थ्य क्रान्ति? सातै प्रदेशमा विशेष उपचार सेवा विस्तार हुँदै
मंगलबार, वैशाख १६, २०८२
५ वर्षमुनिका बालबालिकालाई पोषण भत्ताबढाउन सरकारलाई आग्रह
मंगलबार, वैशाख १६, २०८२
मोरङको बुढीगंगामा एक अर्ब लगानीको औषधि उद्योग स्थापना हुँदै
मंगलबार, वैशाख १६, २०८२
१६ वर्षीया सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
मंगलबार, वैशाख १६, २०८२ट्रेन्डिङ
१