जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा ४२६ जनामा कोरोना भाइरस ( कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै देशका ७४ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या ८,२७४ पुगेको छ । जसमा महिला ७०७ र पुरुष ७,५६७ रहेका छन । बिहिबार ६७१ जनामा संक्रमण देखिएको थियो ।
यसैगरी शुक्रबार २१६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमा २०७ जना पुरुष र ९ जना महिला रहेका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या १,४०२ पुगेको छ । जसमा पुरुष १२७९ जना र महिला १२३ जना रहेका छन् ।मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, गएको २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । हालसम्म क्वारेन्टाइनमा १ लाख ९ हजार ४६१ जना बसेका छन भने ६ हजार ८५० जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन । अहिलेसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जना र आरडीटी विधिबाट २ लाख ४७ हजार ८७४ को नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ६,२३१ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

