जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा ४२६ जनामा कोरोना भाइरस ( कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै देशका ७४ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या ८,२७४ पुगेको छ । जसमा महिला ७०७ र पुरुष ७,५६७ रहेका छन । बिहिबार ६७१ जनामा संक्रमण देखिएको थियो ।
यसैगरी शुक्रबार २१६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमा २०७ जना पुरुष र ९ जना महिला रहेका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या १,४०२ पुगेको छ । जसमा पुरुष १२७९ जना र महिला १२३ जना रहेका छन् ।मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, गएको २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । हालसम्म क्वारेन्टाइनमा १ लाख ९ हजार ४६१ जना बसेका छन भने ६ हजार ८५० जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन । अहिलेसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जना र आरडीटी विधिबाट २ लाख ४७ हजार ८७४ को नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ६,२३१ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
-1745933173.jpeg)
हिजोको बैठकपछि पनि निष्कर्ष नआउँदा चिकित्सकको आन्दोलन यथावत्
मंगलबार, वैशाख १६, २०८२
नेपालमा स्वास्थ्य क्रान्ति? सातै प्रदेशमा विशेष उपचार सेवा विस्तार हुँदै
मंगलबार, वैशाख १६, २०८२
५ वर्षमुनिका बालबालिकालाई पोषण भत्ताबढाउन सरकारलाई आग्रह
मंगलबार, वैशाख १६, २०८२
मोरङको बुढीगंगामा एक अर्ब लगानीको औषधि उद्योग स्थापना हुँदै
मंगलबार, वैशाख १६, २०८२
१६ वर्षीया सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
मंगलबार, वैशाख १६, २०८२ट्रेन्डिङ
१