जनस्वास्थ्य सरोकार, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ३७५ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या १२ हजार ९४८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १४ हजार ५१६ जना संक्रमित पुष्टि भएको छ । यो अहिलेसम्म एकै दिन संक्रमण पुष्टि भएको सबै भन्दा ठुलो संख्या हो ।
भारतमा अहिलेसम्म ३ लाख ९५ हजार ४८ जना संक्रमित भएका छन् । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिल र रसियापछि चौथो स्थानमा उक्लिएको छ ।
भारतमा अहिलेसम्म २ लाख १३ हजार ८३१ जना ठिक भएका छन् भने एक लाख ६८ हजार २६९ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ८७ लाख ५८ हजार २७१ पुगेको छ भने मृतकको संख्या ४ लाख ६२ हजार ५२५ पुगेको छ ।
त्यस्तै विश्वभर ४६ लाख २५ हजार ४९७ जना कोरोना संक्रमित ठिक भएका छन् ।
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
