जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा ३३१ जनामा कोरोना भाइरस ( कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै देशका ७४ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या ८,६०५ पुगेको छ । जसमा महिला ७५६ र पुरुष ७,८४९ रहेका छन । शुक्रबार ४२६ जनामा संक्रमण देखिएको थियो ।
यसैगरी शनिबार १७६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमा १५८ जना पुरुष र १८ जना महिला रहेका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या १,५७८ पुगेको छ । जसमा पुरुष १,४३७ जना र महिला १४१ जना रहेका छन् ।मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, गएको २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । हालसम्म क्वारेन्टाइनमा १ लाख २ हजार २४५ जना बसेका छन भने ७ हजार ५ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन । अहिलेसम्म पीसीआर विधिबाट १ लाख ६९ हजार १६५ जना र आरडीटी विधिबाट २ लाख ५२ हजार ३०० को नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ७,४१६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।
प्रकाशित मिति: शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

