जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा शनिबार थप ३३१ जनामा कोभिड १९ संक्रमित पुष्टि भएको छ । यो सँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या ८,६०५ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी गराइएको हो ।
त्यसमा पुरुष ७,८४९ र महिला ७५६ रहेका छन् । यसरी कोभिड १९ संक्रमण महिलाको तुलनामा पुरुषहरुमा १० गुणा बढी भएको तथ्यांकले देखाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, पछिल्लो २४ घण्टामा १७६ जना डिस्चार्ज भएका छन् । २४ घण्टामा डिस्चार्ज हुनेमध्ये १५८ पुरुष र १८ जना महिला छन् । प्रवक्ता गौतमका अनुसार योसँगै डिस्चार्ज हुनेको संख्या १,५७८ पुगेको छ ।गत २४ घण्टामा ७,४१६ को पीसीआर परीक्षण र ४,४२६ को आरडीटी परीक्षण गरिएको छ । यसरी पिसिआर परीक्षणको दायरामा बृद्धि भइरहेको छ । हालसम्म पीसीआर विधिबाट १,६९,१६५ र आरडीटी विधिबाट २,५२,३०० जनाको नमुना परीक्षण गरिएको छ । मुलुकभर १,०२,२४५ जना क्वारेन्टाइनमा र ७,००५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ७३ जिल्लामा संक्रमण फैलिएको र देशभरका २४ वटा प्रयोगशालाबाट कोभिड १९ को पीसीआर विधिबाट परीक्षण भइरहेको छ । नेपालमा कोरोनाबाट मर्नेहरुको संख्या २२ पुगेको छ ।
प्रकाशित मिति: शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

