जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस ( कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै देशका ७५ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या ९,०२६ पुगेको छ । जसमा महिला ८२० र पुरुष ८,२०६ रहेका छन । शनिवार ३३१ जनामा संक्रमण देखिएको थियो ।
यसैगरी आइतबार १९४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमा पुरुष १८६ र महिला ८ जना रहेका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या १,७७२ पुगेको छ । जसमा पुरुष १,६२३ जना र महिला १४९ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, गएको २४ घण्टामा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला छत्रकोट गाउँपालीका वार्ड नं ५ का ६९ वर्षका पुरुष रहेका छन् । नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।हालसम्म क्वारेन्टाइनमा ९४ हजार ९२८जना बसेका छन भने ७ हजार २३१ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन । अहिलेसम्म पीसीआर विधिबाट १ लाख ७५ हजार १ सय ७३ जना र आरडीटी विधिबाट २ लाख ६२ हजार १७४ को नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ६,००८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । भिडियो हेर्नुहोस्
प्रकाशित मिति: आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
