जनस्वास्थ्य सरोकार, सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पृष्टी भएको छ । प्रदेश अस्पताल र पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी भएको हो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार संक्रमित सबै प्राविधिकतर्फका स्वास्थ्यकर्मी हुन् । संक्रमितमध्ये एक जना भिडियो एक्सरेमा कार्यरत र चारजना ल्यावमा कार्यरत स्वास्थ्यकर्मी रहेको उनले बताए ।
गत जेठ ३१ गतेदेखि असार ३ गतेसम्म अस्पतालको आकस्मिक कक्षमा उपचार गराउन आएका बिरामीबाट स्वास्थ्यकर्मीलाई कोरोना सरेको मन्त्रालयको भनाइ छ । जेठ ३१ र ३२ गते दैलेखका दुई र सुर्खेतका एक जना बिरामी अस्पतालको आकस्मिक कक्षमा उपचार गराउन आएका थिए । ती बिरामीमा पनि कोरोना संक्रमण देखिएको छ ।
आकस्मिक कक्षामा उपचार गराइरहेका बिरामीमा कोरोना देखिएपछि अस्पतालले संक्रमितको उपचारमा संलग्न ४२ जना स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखेको थियो । कार्यालय सहयोगीसहित आइसोलेसनमा रहेका ४२ जना स्वास्थयकर्मीको पीसीआर परीक्षण गर्दा ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पृष्टी भएको हो ।
प्रकाशित मिति: सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
