जनस्वास्थ्य सरोकार, वीरगञ्ज । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालबाट डेढ वर्षीय बालकसहित ११ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित डिस्चार्ज भएका छन् ।
उपचाररत संक्रमित सबैको अस्पतालको आइसोलेनमा बसेको ६ दिनपछि गरिएको पीसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । डिस्चार्ज हुनेहरुमा सखुवाप्रसौनीका डेढ र ३ वर्षीय दुई जना बालक र एक महिला रहेका छन् । उनीहरु तीनै जनामा जेठ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै जगरनाथपुर गाउँपालिकाका–६ का २५ वर्षीया एकजना महिला र २० देखि ५५ वर्षका सात जना पुरुष पनि डिस्चार्ज भएका छन् । गण्डक कोभिड अस्पताललमा अब ६ जना महिलासहित ३२ जना संक्रमित उपचाररत छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
