जनस्वास्थ्य सरोकार, वीरगञ्ज । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालबाट डेढ वर्षीय बालकसहित ११ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित डिस्चार्ज भएका छन् ।
उपचाररत संक्रमित सबैको अस्पतालको आइसोलेनमा बसेको ६ दिनपछि गरिएको पीसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । डिस्चार्ज हुनेहरुमा सखुवाप्रसौनीका डेढ र ३ वर्षीय दुई जना बालक र एक महिला रहेका छन् । उनीहरु तीनै जनामा जेठ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै जगरनाथपुर गाउँपालिकाका–६ का २५ वर्षीया एकजना महिला र २० देखि ५५ वर्षका सात जना पुरुष पनि डिस्चार्ज भएका छन् । गण्डक कोभिड अस्पताललमा अब ६ जना महिलासहित ३२ जना संक्रमित उपचाररत छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

निजी मेडिकल कलेजहरूको अटेरी: चार महिनासम्म निर्वाह भत्ता नपाएका आवासीय चिकित्सक
बिहीबार, जेठ ८, २०८२
लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा एमाले र कांग्रेसको मिलेमतोमा अध्यक्ष नियुक्त
बिहीबार, जेठ ८, २०८२
नेपाली श्रमिक बिरामी भए उपचार काम दिने देशले गर्नुपर्ने माग
बिहीबार, जेठ ८, २०८२
अनुमति बिना औषधी बेच्दै पसलहरू: ६ पसलमा ताला लगाइयो
बिहीबार, जेठ ८, २०८२ट्रेन्डिङ