जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा ५३५ जनामा कोरोना भाइरस ( कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै देशका ७६ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या ९,५६१ पुगेको छ । जसमा महिला ८९४ र पुरुष ८,६६७ रहेका छन । आइतबार ४२१ जनामा संक्रमण देखिएको थियो ।
यसैगरी सोमबार ३७० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमा पुरुष ३३८ र महिला ३२ जना रहेका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या २,१४२ पुगेको छ । जसमा पुरुष १,९६१ जना र महिला १६१ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, गएको २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।हालसम्म क्वारेन्टाइनमा ९० हजार ७३० जना बसेका छन भने ७ हजार ७८९ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन । अहिलेसम्म पीसीआर विधिबाट १ लाख ८१ हजार ३ सय ७१ जना र आरडीटी विधिबाट २ लाख ६८ हजार १०३ को नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ६,१९८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । भिडियो पनि हेर्नुहोस्
प्रकाशित मिति: सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

