जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले महामारीलाई राजनीतिकरण नगर्न चेतावनी दिनुभएको छ । “विश्व नेताहरुले कोरोनाभाइरससँगै उत्पन्न महामारीलाई राजनीतिकरण गर्न पाउनुहुन्न, बरु एकताबद्ध भएर लड्नु पर्छ,” डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेबे्रयोसुसले सोमबार भन्नुभयो । उहाँले अझै पनि कोरोनाभाइरसको सङ्क्रमण उत्तिकै फैलिइरहेको र यसले गर्ने क्षतिमा कमी नभएको पनि उल्लेख गर्नुभएको छ । सङ्क्रमितहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको प्रति अपेक्षित सम्वेदलनशीलता विश्व नेताहरुमा नदेखिएको चिन्ता पनि उहाँले व्यक्त गर्नुभयो । राजनीतिकरण नगर्न आह्वान गरिएकोसम्वन्धी उहाँको भनाइ विषेश गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति बढी लक्षित रहेको बताइएको छ । उहाँले अमेरिकामा पर्याप्त सतर्कता नअपनाइएको र राजनीतिक दाउपेचका कारण अनाहकमा धेरै मानिसको मृत्यु भइरहेको टिप्पणी पनि गर्नुभयो । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि विश्वभरी कोरोनाभाइरसको महामारी शुरु भएदेखि नै डब्लुएचओले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना गर्दै आउनुभएको छ । डब्लुएचओ प्रमुख गेब्रेयेसुसले ब्राजिल, इराक, भारत, दक्षिणी तथा पश्चिमी अमेरिकी देशहरुको अवस्था प्रति पनि चिन्ता व्यक्त गर्नुभएको छ । ती देशहरुमा अझै पनि धेरै कोरोनाभाइरसबाट सङ्क्रमितहरु धेरै रहेको र अस्पतालहरुमा विरामीहरुको भिड भइरहेको उहाँले उल्लेख गर्नुभएको छ । विश्वभरी पछिल्लो तीन महिना कोरोनाभइरसको महामारी फैलिएको छ । शुरुको तीन महिनामा विश्वभरी दश लाख मानिस सङ्क्रमित भएको र त्यति नै संख्यामा सङ्क्रमितहरु पछि आठ दिनमा बृद्धि भएको पनि डब्लुएचओले जनाएको छ । एपी
प्रकाशित मिति: मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
