जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा ५३८ जनामा कोरोना भाइरस ( कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै देशका ७६ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या १०,०९९ पुगेको छ । जसमा महिला ९८४ र पुरुष ९,०१५ रहेका छन । सोमबार ५३५ जनामा संक्रमण देखिएको थियो ।
यसैगरी मंगलबार ७६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमा पुरुष ६८ र महिला ८ जना रहेका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या २,२२४ पुगेको छ । जसमा पुरुष २,०३५ जना र महिला १८९ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, गएको २४ घण्टामा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।हालसम्म क्वारेन्टाइनमा ८५ हजार ८१३ जना बसेका छन भने ७ हजार ८५१ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन । अहिलेसम्म पीसीआर विधिबाट १ लाख ८६ हजार ३ सय ६६ जना र आरडीटी विधिबाट २ लाख ७१ हजार ५८४को नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ४,९९५वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

नेपालगन्जमा ‘ग’ वर्गका अपाङ्गता भएका नागरिकका लागि स्वास्थ्य बीमा
मंगलबार, असार ३, २०८२
एकीकृत स्वास्थ्य विज्ञान विधेयक संसदमा, देशभरका स्वास्थ्य संस्थाहरू अब एकै कानुनमा
मंगलबार, असार ३, २०८२
मुटु रोग बिरामीका लागि तीन प्रदेशका १५ अस्पतालबाट निःशुल्क सेवा
मंगलबार, असार ३, २०८२ट्रेन्डिङ