जनस्वास्थ्य सरोकार, काठमाडौं । अब उपत्यका भन्दा बाहिरी जिल्लाबाट आउने व्यक्तिहरुले काठमाडौं उपत्यका प्रवेश गर्नेले पिसिआर परीक्षण गर्न नपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन ।
उनले काठमाडौंमा घर भाडामा बस्नेहरू काठमाडौं उपत्यका आउँदा केही घरबेटीहरूले पिसिआर परीक्षण नगरी घरमा प्रवेश गर्न रोक लगाएको खवर आएको भन्दै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । डा. गौतमले उपत्यका भित्रिने मानिसहरूले आउनेबित्तिकै कोरोना पिसिआर परीक्षण गर्न नपर्ने तर १४ दिनसम्म होम क्वारेन्टिनमा भने् बस्नुपर्ने बताएका छन ।
यसरी उपत्यका भन्दा बाहिरबाट प्रवेश गरी १४ दिन होम क्वारेन्टिनमा अनिवार्य रुपमा बस्नुपर्छ । तर १४ दिनको अवधिमा लक्षण देखिएमात्र चिकित्सकको सल्लाहमा परीक्षण गर्नुपर्ने डा.गौतमको भनाइ छ ।त्यसरी भित्रिएका मानिसहरूलाई अनावश्यक रूपमा परीक्षण गर्न दवाब नदिन सम्बन्धित घरबेटी र सर्वसाधारणलाई मन्त्रालयले अपिल गरेको छ । यसका लागि गृह मन्त्रालयमार्फत् उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई पत्रचार समेत गरिएको उनले बताएका छन । पछिल्लो समय उपत्यका बाहिरबाट काठमाडौं प्रवेश गर्ने बढ्न थालेका छन । तर, घरबेटीहरुले कोरोना पिसिआर टेष्ट गरेर मात्रै घरभित्र बस्न बताउदै आएका छन । यसरी घरबेटीहरुले यस्तो तवाव दिन थालेपछि मन्त्रालयले यस्तो आग्रह गरेको छ ।
प्रकाशित मिति: मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

