जनस्वास्थ्य सरोकार, काठमाडौं । सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा कैलालीमा ५७ जनाको कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा लक्कीचुहा नगरपालिकामा २५ र गोदावरी नगरपालिकामा ३२ संक्रमित थपिएका हुन्। संक्रमितमध्ये १० महिला र ४७ पुरुष रहेको प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा. हेमराज पाण्डेले जानकारी दिए। उनकाअनुसार अस्पतालले पछिल्लो २४ घण्टामा २ सय ५४ पिसिआर परिक्षण गरिएको छ। प्रयोगशालामा हालसम्म ८ हजार ५ सय १९ जनाको पिसिआर परिक्षण भएको छ। जसमध्ये ७ हजार ८ सय ५७ जनामा कोरोना नेगेटिभ देखिएको उनले बताए। सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा हालसम्म ६ सय ६२ जनाको कोरोना पोजेटिभ देखिएको छ।
प्रकाशित मिति: बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
