जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा ६२९ जनामा कोरोना भाइरस ( कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै देशका ७६ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या १०,७२८ पुगेको छ । जसमा महिला ५३८ र पुरुष ९,५३४ रहेका छन । मंगलबार ५३८ जनामा संक्रमण देखिएको थियो ।
यसैगरी बुधबार ११४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमा पुरुष १०६ र महिला ८ जना रहेका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या २,३३८ पुगेको छ । जसमा पुरुष २,१४१ जना र महिला १९७ जना रहेका छन् ।मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, गएको २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । हालसम्म क्वारेन्टाइनमा ७८ हजार ६३९ जना बसेका छन भने ८ हजार ३६६ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन । अहिलेसम्म पीसीआर विधिबाट १ लाख ९३ हजार १९४ जना र आरडीटी विधिबाट २ लाख ८३ हजार ६८५ को नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ६,८२८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।
प्रकाशित मिति: बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

