जनस्वास्थ्य सरोकार, पाल्पा । पाल्पामा बिहीबार बिहानै ९३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । चितवनमा रहेको भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा निस्दी गाउँपालिकाका विभिन्न वडाका क्वरेण्टीनमा रहेका ९३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
बिहीबार पुष्टि भएका ९३ सँगै पाल्पामा कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय ४१ पुगेको छ । बुधवार मात्रै रामपुर नगरपालिकामा १४ जना नयाँ सङ्क्रमित थपिएका थिए ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार यसअघि रामपुर नगरपालिकामा ३० जना, पूर्वखोला गाउँपालिकामा १ सय २९ जना, माथागढी गाउँपालिकामा २७ जना, रैनादेवी छहरा गाउँपालिकामा २० जना, रम्भा गाउँपालिकामा १६ , बगनासकाली गाउँपालिकामा २८ जना, तिनाउँ गाउँपालिकामा ३ जना, रिब्दीकोट गाउँपालिकामा ४ जना, निस्दी गाउँपालिकामा २ जनामा कोरोना सङ्क्रमणको पुष्टि भैसकेको छ ।
भारतबाट घर फर्किएका पूर्वखोला गाउँपालिकाका एक पुरुषको उपचारका क्रममा कोरोना सङ्क्रमणकै कारण ज्यान गएको छ । उपचारका लागि पाल्पा आएका गुल्मीका २ र अर्घाखाँचीका १ जनामा समेत कोरोना सङ्क्रमणको पुष्टि भएको छ । पाल्पामा सङ्क्रमितमध्ये ७ जना उपचारपछि सञ्चो भएर घर फर्किएका छन् ।
प्रकाशित मिति: बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
