जनस्वास्थ्य सरोकार, कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिकाका कोरोना सङ्क्रमित स्वास्थ्यकर्मी सङ्क्रमणको बाह्रौं दिन संक्रमणमुक्त भएका छन्। क्वारेन्टाइनमा खटिएका सो गाउँपालिका–२ कञ्जका ३२ बर्षीया उनले होम क्वारेन्टाइनमै बसेर संक्रमणमुक्त भएका हुन्। “संक्रमण पुष्टि भएपछि घरमै बसेर तातोपानी, बेसार, अण्डा लगायतका बस्तु उपभोग गरिरहेको थिए” उनले भने, “हिजो पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।”
शंकरपुर स्वास्थ्य चौकीमा कार्यरत ल्याब असिष्टेन्ट पदमा कार्यरत स्वास्थ्कर्मी श्याम रानाले दोस्रो पटक पीसीआर विधिबाट कारोना परीक्षण गराउने बताए। “दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि काममा फर्किने योजनामा छु”, उनले भने, “कोरोना समाज चिन्ने रोग रहेछ भन्ने अनुभव भयो।” उनले संक्रमण देखिँदा गाउँलेहरू आफू र आफ्नो परिवारप्रति नै विभेदमा उत्रिएको दुखेसो पोखे। “अरुबेला गाउँमा सानो समस्या पर्दा गाउँलेहरू घरमा आएर गुहार माग्थे”, उनले भने, “कोरोना लागेको थाहा पाएपछि मेरो परिवारसँग बोल्न छाडे।”
गाउँमा रहेको सार्वजनिक धारामा गाउँलेहरूले आफ्नो परिवारलाई पानी समेत लिन जान रोक लगाएको उनको गुनासो छ। “रोग भन्दा पनि समाजले गरेको विभेद बढी पीडादायी भयो”, उनी भन्छन्, “फोनबाट हालखबर सोध्नसम्म मन गरेनन्।” गाउँपालिकाका अन्य कोरोना संक्रमितहरूको पुनः कोरोना परीक्षण हुन सकेको छैन।कोभिड–१९ कञ्चनपुरका सम्पर्क व्यक्ति सिद्धराज भट्टले कञ्चनपुरमा २०३ जना संक्रमित रहेको बताए। संक्रमितमध्ये पाँच जना स्वास्थ्यकर्मी रहेको उनको भनाइ छ। “पुर्नबासमा देखिएका दुई जना स्वास्थ्यकर्मीहरू अस्पतालबाट फर्किएर होम क्वारेन्टाइनमा छनर”, उनले भने, “दुई जना बेदकोट नगरपालिकामा संक्रमित देखिएका स्वास्थ्यकर्मीको महाकाली अस्पतालमा उपचार हुदैछ।” उनले सङ्क्रमितहरू सबैको अवस्था सामान्य रहेको बताए। रासस
प्रकाशित मिति: बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
