जनस्वास्थ्य सरोकार, काठमाडौं । पाटन अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमतिको मृत्युभएको छ। ५० वर्षका एकजना पुरुषको आज बिहान ७ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय ललितपुरका प्रमुख डाक्टर खगेन्द्र गेलाल जनकारी दिनुभयो । उहाँका अनुसार मृतकको स्थायी ठेगाना चितवन भएको र उनी ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका टिकाथलीमा बस्दै आएक थिए ।
डा. गेलालका अनुसार ५ महिना अघि ती पुरुषको मिर्गौला प्रत्योपण गरिएको थियो । केही समयमा अघि स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक अस्पतालले कोरोना भाइरस संक्रमणको आशंका गरी स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोनाको पुष्टि भएपछि ६ दिनअघि उनलाई नर्भिक अस्पतालबाट पाटन अस्पतालमा सारिएको थियो । कोरोना संक्रमितको बिहान ७ बजे मृत्यु भएको र बिहानै शव पनि व्यवस्थापन भइसककेको डा गेलालले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
