जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा बिहिबार थप ४३४ जनामा कोभिड–१९ संक्रमित पुष्टि भएको छ । यो सँगै देशका ७६ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या ११,१६२ पुगेको छ । जसमा महिला १,१४२ र पुरुष १०,०२० रहेका छन ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, पछिल्लो २४ घण्टामा ३१२ जना डिस्चार्ज भएका छन । २४ घण्टामा डिस्चार्ज हुनेमध्ये २९३ पुरुष र १९ जना महिला छन । योसँगै डिस्चार्ज हुनेको संख्या २,६५० पुगेको छ । उहाँका अनुसार नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मर्नेहरुको संख्या २६ पुगेको छ ।गत २४ घण्टामा ६,५४३ को पीसीआर परीक्षण र ४,१६७ को आरडीटी परीक्षण गरिएको छ । हालसम्म पीसीआर विधिबाट १,९९,७३७ र आरडीटी विधिबाट २,८७८५३ जनाको नमुना परीक्षण गरिएको छ । मुलुकभर ७४,०२२ जना क्वारेन्टाइनमा र ८,४८६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ७६ जिल्लामा संक्रमण फैलिएको र देशभरका २४ वटा प्रयोगशालाबाट कोभिड १९ को पीसीआर विधिबाट परीक्षण भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

