जनस्वास्थ्य सरोकार, सिन्धुली । सिन्धुली अस्पताल उपचाररत एक महिलाको शुक्रबार मृत्यु भएको छ । महाेत्तरी पाटुकी २१ वर्षीय युवतीमा अत्यधिक ज्वरो आएको तथा स्वासप्रश्वासमा समेत समस्या देखिएपछि बिहीबार अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। ती महिलामा कोरोना भाइरस (कोभिड(१९) सँग मिल्दोजुल्दो लक्षण देखिएकाले संक्रमण हुनसक्ने आशंका गरिएको छ। महिलालाई आइसोलेसनमा राखेर उपचार गर्दैगर्दा मृत्यु भएको अस्पतालका कोरोना भाइरस(कोभिड(१९) फोकल पर्सन डाक्टर प्रसन्नराज भण्डारीले बताए। गत असार ३ गते पाटुबाट सिन्धुलीको घ्याङलेख गाउँपालिका १ सिम्लेस्थित माइती घरमा आइबसेकी थिइन्। उनी त्यहीँ बिरामी परेपछि अस्पताल लगिएको थियो। अस्पतालमा उपचार गर्न ल्याउँदा ज्वरो आएको तीन चार दिन बढी भइसकेको र घरेलु उपचार गर्दा पनि निको नभएपछि अस्पताल ल्याइएको डाक्टर भण्डारीले बताए। मृत्यु भएकी महिलामा कोभिड (१९ को संक्रमणको लक्षण देखापरेकाले उनको स्वाब संकलन गरिएको र शुक्रबार बिहानै पिसिआर परीक्षणका लागि प्रादेशिक अस्पताल हेटौंडा पठाइएको डा. भण्डारीले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
