जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालले निर्देशिका विपरित कोरोना भाइरस (कोभिड–१९) को नमूना परीक्षण नगर्न सबै अस्पताललाई निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले विज्ञप्ति सार्वजनिक गर्दै सबै अस्पताललाई निर्देशिका अनुसार नमूना परीक्षणको व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले कोभिड–१९ परीक्षणका लागि विभिन्न कार्यविधि सार्वजनिक गरेको अवगत गराउँदै यस्तो निर्देशन दिएको हो । ‘निर्देशिकामा कोभिड–१९ परीक्षण गर्ने गराउने प्रावधानहरु उल्लेख भएको सन्दर्भमा विभिन्न अस्पतालहरुले निर्देशिका विपरित नमूनाहरु संकलन गर्दै परीक्षणका लागि प्रयोगशालाहरुमा पठाउने गरेको पाइएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘निर्देशिका अनुसार संकलित नमूनाहरु सम्बन्धित हव अस्पताल प्रमुखहरुले प्रमाणित गरेर मात्र प्रयोगशालामा पठाउनु हुन सबैमा अनुरोध छ’, डा. गुणराज लोहनीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्देशिका विपरितका कुनै पनि नमुना संकलन भएमा त्यस वापतको भिटिएम, परीक्षणलगायतका सम्पूर्ण खर्च सम्बन्धित अस्पताल आफैले व्यहोर्नु पर्नेछ ।’
प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
