जनस्वास्थ्य सरोकार, काठमाडौँ । गण्डकी प्रदेशमा आज ३२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै गण्डकीमा संक्रमितको संख्या आठ सय ३८ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमित स्याङ्जा, बागलुङ र नवलपरासी पूर्वका रहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार संक्रमितमध्ये ६ जना महिला छन् भने बाँकी सबै पुरुष छन् । हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका संक्रमित आइसोलेसनमा बसिसकेका छन्।
बाँकी सबै संक्रमितलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा. शर्माले बताए ।
प्रकाशित मिति: शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
