जनस्वास्थ्य सरोकार, काठमाडौं । देशभर कोरोना भाइरसबाट संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार शनिबार मात्रै थप ५ सय ५४ जना नयाँ संक्रमित थपिएसँगै देशभर संक्रमितको संख्या १२ हजार नाघेको हो । नयाँ संक्रमितमा १ सय २० महिला र ४ सय ३४ जना पुरुष रहेका छन् । योसँगै देशभर कूल संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । कूल संक्रमितमध्ये १ हजार ३ सय ६९ महिला र १० हजार ९ सय ४० पुरुष रहेका छन् ।
त्यस्तै अहिलेसम्म देशभर २ लाख १० हजार ८ सय ७६ पीसीआर परीक्षण गरिएको छ भने २ लाख ९४ हजार ३४ आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ६ पीसीआर र ३ हजार ६ सय ८५ आरडीटी परीक्षण गरिएको छ ।
त्यस्तैगरी अहिलेसम्म देशभर क्वारेन्टाइनमा हुनेको संख्या ६५ हजार ७ सय १२ रहेको छ भने ९ हजार ४ सय ४७ जना आइसोलेसनमा रहेका छन् । शनिबार १ सय ३६ जना डिस्चार्ज भएका छन् । योसँगै देशभर डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय ३४ पुगेको छ । अहिलेसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेहरुकोे संख्या २८ पुगेको छ ।
मन्त्रालयले शनिबार थप एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको पुष्टि गरेको छ । शनिबार ज्यान गुमाउनेमा कैलालीको गोदावरी नगरपालिका–७ का ५० वर्षिय पुरुष रहेका छन् । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो ।फोक्सोको क्यान्सरका समेत बिरामी रहेका उनले भारतमा उपचार गराउँदै आएका थिए । भारतबाट फर्किएर चितवन मेडिकल कलेजमा उपचार गराउन आएका उनको आइसोलेसनमा उपचारकै क्रममा शनिबार बिहान मृत्यु भएको थियो । नेपाली सेनाको सहयोगमा शव व्यवस्थापन भइरहेको मन्त्रालयले जनाएको छ । आजदेखि कोरोना भाइरसको संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ ।
प्रकाशित मिति: शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

