जनस्वास्थ्य सरोकार,सुर्खेत । कर्णाली प्रदेशका २१४ जना सङ्क्रमित स्वास्थ्यलाभ गरी घर फेर्केका छन् । यसमा दैलेखका मात्रै २०५ जना सङ्क्रमित निको भएका छन् । घर फर्कनेहरुमा २०१ पुरुष र १३ महिला रहेका छन् । यसमा सबैभन्दा बढी दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट तीन महिला र १२९ पुरुषगरी १३२ जना कोरोना निको भएर घर फर्केको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।
त्यस्तै, दैलेखकै डुंगेश्वर आइसोलेसन सेन्टरबाट सात महिला र ५६ पुरुष, दैलेख अस्पताल र नारायण आइसोलेसनबाट दुई महिला सात पुरुष, सुर्खेत सालकोट आइसोलेसनबाट एक महिला, सात पुरुष र ठाँटीकाँध आइसोलेसन दैलेख र रुकुमपश्चिम अस्पतालबाट एक÷एक जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको महाशाखाका प्रमुख डा।तिवारीले बताउनुभयो ।
उहाँका अनुसार शनिबार २१४ ले कोरोना निकोभएसँगै हालसम्म कर्णालीमा यो सङ्क्रमणबाट निको भएर घर फर्कनेको सङ्ख्या ९३४ पुगेको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा शनिबार गरिएको पिसिआर परीक्षणमा सुर्खेत पञ्चपुरीका १५ महिनाका बच्चासहित सात जनामा कोरोना पुष्टि भएको बताउँदै महाशाखा प्रमुख डा तिवारीले कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ४४० पुगेको बताउनुभयो । रासस
प्रकाशित मिति: आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

