जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले शरीर स्वस्थ्य हुन मन स्वस्थ्य हुनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान महिला सशक्तीकरण फोरमले शनिबार यहाँ आयोजना गरेको ‘मानसिक स्वास्थ्य’ विषयक कार्यक्रममा उहाँले मानसिक तनावका कारण मुलुकमा आत्माहत्या बढ्दै गएको बताउनुभएको हो ।
कार्यक्रममा कोरोनाको त्रास, बन्दाबन्दीको समयमा परेको मानसिक तनाब, बाल स्वास्थ्य तथा मातृ शिशु र प्रजननमा परेको असर र बढ्दै गरेको आत्माहत्यालाई लिएर छलफल आयोजना गरिएको थियो । कार्यक्रममा मनोविद् डा छोरी महर्जनले बन्दाबन्दीको समयमा आम मानिसमा बढिरहेको भय, तनाव, विकास भएको निराशा र जीवनप्रतिको उदासिनताका कारण उत्पन्न समस्या र निराकरणका विषयमा विचार प्रस्तुत गर्नुभएको थियो ।
प्रतिष्ठानका सदस्य एवं महिला सशक्तीकरण फोरमका संयोजक डा. आरजु राणा देउवाले मानसिक स्वास्थ्यका बारेमा आम नागरिकमा चेतना फैलाउन जरुरी रहेको उल्लेख गर्नुभयो । काँग्रेसकी केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मीले मानसिक स्वास्थ्यको बारेमा टिप्पणी गर्नुभएको थियो । प्रतिष्ठानका कार्यकारी निर्देशक प्राध्यापक पुरुषोत्तम दाहालले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै लैजाने जानकारी दिनुभयो । रासस
प्रकाशित मिति: आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
