जनस्वास्थ्य सरोकार, काठमाडौँ। भारतले कोरोनाभाइरसविरुद्ध लड्न संसारकै सबैभन्दा ठूलो अस्पताल खोलेको छ। भारतीय स्वास्थ्य अधिकारीहरूकाअनुसार पछिल्लो समय भारतमा नयाँ संक्रमणको संख्या तिब्ररुपमा बढेको छ। दिल्ली सरकारका अनुसार सरदार पटेल कोभिड केयर केन्द्र भारतमा मात्रै नभएर यस प्रकारको अस्पताल संसारकै सबैभन्दा ठूलो सुविधा सम्पन्न अस्पताल रहेको दिल्लीका मुख्यमन्त्रि अरविन्द केजरीवालले आफ्नो सामाजिक संजाल ट्वीटरमा सार्वजनिक गरेका छन्।
उक्त अस्पताल आइतवार आंशिक रूपमा सञ्चालनमा आएको थियो जहाँ दुई हजार अस्पातलको बेडलाई प्रयोग गरिएको थियो। अस्पतालमा १० हजार बेड रहेको दिल्ली सरकारले बताएको छ। बाँकी आठ हजार बेड दिल्लीको छत्तरपुर क्षेत्रमा अवस्थित रहेको र बुधवारदेखि प्रयोगमा आउने सरकारले जनाएको छ।
अस्पतालको औपचारिक प्रक्षेपण अघि भारतका गृहमन्त्री अमित शाह र दिल्लीका मुख्यमंत्री अरविन्द केजरीवालले भ्रमण गरेका थिए। उक्त अस्पतालको प्रशासन र सञ्चालन इन्डो(टीबेटियन सीमा पुलिस (आईटीबीपी) द्वारा सञ्चालन हुने गृहमन्त्री शाहले बताएका छन्। एजेन्सी
प्रकाशित मिति: सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
