जनस्वास्थ्य सरोकार, काठमाडौं । रामेछाप काठमाडौं पत्रकार समाजले रामेछापबाट राजधानी आएर पत्रकारिता पेशा अँगालेका पत्रकारहरुलाई ज्याकेट, मास्क ह्यान्ड स्यानिटाइजर, ग्लोब्सलगायतका व्यक्तिगत स्वास्थ्य सुरक्षा सामाग्रीहरु वितरण गरेको छ ।
नेपाललगायत विश्वव्यापीरुपमा फैलिरहेको कोेभिड १९ को जोखिममा आफ्नो ज्यानको बाजी लगाएर राजधानीमा पत्रकारिता पेशामा संलग्न रामेछापका करिब ५० जना भन्दा बढी पत्रकारहरुलाई उक्त व्यक्तिगत स्वास्थ्य सुरक्षा सामाग्रीहरु उपलब्ध गराएको हो ।असार १५ को अवसर पारेर काठमाडौंको भृकुटी मण्डपमा आयोजना गरिएको सो समारोहमा दही चिउराले पत्रकारहरुलाई स्वागत गरिएको थियो । समाजका अध्यक्ष प्रेम गौतमले भन्नुभयो—‘राजधानी बसेर पत्रकारिता गरिरहेका जिल्लाका पत्रकार साथीहरुलाई एकत्रित गर्दै रामेछापको चौतर्फी विकासमासमेत वकालत गर्दै जाने लक्ष्यका साथ काम भइरहेको छ ।’
प्रकाशित मिति: सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
