जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो समय देशभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहँदा काठमाण्डू उपत्यका पनि त्यसबाट अछुतो देखिएको छैन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार विगत आठ दिनमा काठमाण्डू उपत्यकामा ४२ जना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। मङ्गलवार मात्रै १४ सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म काठमाण्डू जिल्लामा सबैभन्दा बढी ३० जनामा, भक्तपुरमा आठ र ललितपुरमा चार जनामा सङ्क्रमण पुष्टि भएको हो। सोमवार सङ्क्रमण पुष्टि भएकामध्ये एक जनाले काठमाण्डूबाहिर कतैको यात्रा पनि नगरेको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले बताएका छन्।
गागलफेदीका एक पाँच वर्षीय बालकलाई ज्वरो तथा श्वासप्रश्वासको समस्या देखिएपछि अस्पतालमा परीक्षण गर्दा कोभिड-१९ पुष्टि भएको मन्त्रालयले जनाएको थियो। उसो भए के काठमाण्डू उपत्यकामा समुदाय स्तरमा कोरोनाभाइरस सङ्क्रमण फैलिएको सङ्केत हो त्यो? सरकारी अधिकारीहरू अहिले नै केही भन्न सक्ने अवस्था नरहेको बताउँछन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, “काठमाण्डूमा सोमवार छ जनामा पोजिटिभ देखिएकोमा पाँच जनाको बाहिरको ट्राभल हिस्ट्री छ भने एक जनाको कुनै ट्राभल हिस्ट्री नै छैन।” “त्यसो भएर उनी वरपर भएका मानिसहरूको हामीले कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौँ।" "कोही न कोहीबाट त सङ्क्रमण सरेको होला। हामी त्यो पत्ता लगाउँदैछौँ, त्यसपछि मात्रै केही भन्न सकिन्छ।” तर कतिपय सङ्क्रामक रोग विशेषज्ञहरू यसअघि पनि समुदाय स्तरमा हुने सङ्क्रमणका केही सङ्केत देखिसकेकाले अहिले आएर हो वा होइन भन्नेबारे बहस गर्नु नै अनावश्यक भएको तर्क गर्छन्।
प्रकाशित मिति: बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
