जनस्वास्थ्य सरोकार, कास्की । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार संक्रमित हुनेहरुमा बाग्लुङका १, तनहुँका ३, स्याङजाका २ र पर्वतका २ जना रहेका छन् ।
संक्रमितलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेशनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा. शर्माले जनाकारी दिए । यो सँगै गण्डकीमा संक्रमितको संख्या हालसम्म १ हजार १४ पुगेको छ ।
यसैगरी हालसम्म प्रदेशमा कोरोना संक्रमण निको हुनेको संख्या २८७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
यसैगरी गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु समेत भएको छ । स्याङ्जाको वालिङ नगरपालिकाका ५८ वर्षिय एक पुरुष र आँधिखोला गाउँपालिकाको पञ्चमुलका ५५ वर्षिय १ पुरुष सहित २ जनाको मृत्यु भएको हो ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
