जनस्वास्थ्य सरोकार, सप्तरी । सप्तरीका एक जना वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालका निमित्त प्रमुख दुनियालाल यादवले तिलाठी कोइलाडी गाउँपालिका वडा नं ७ का ५८ वर्षीय वडाध्यक्षमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
उनी क्वारेन्टिन व्यवस्थापनमा सक्रिय रहँदै आएका थिए । उनीसँगै गाउँपालिकाका अन्य वडाध्यक्ष, क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कार्यालय सहयोगीसहित अन्य कर्मचारीको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गर्ने तयारीसमेत गरिएको प्रमुख यादवले बताए ।
सो वडाको क्वारेन्टिनमा रहेकामध्ये करिब २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिएका छन् ।
यससँगै सप्तरी जिल्लामा कुल संक्रमितको संख्या २६७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोनाबाट १३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा. रञ्जित झाले बताए । रासस
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
