जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा शुक्रवार थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ । शुक्रवार देखिएको संक्रमित हुनेको संख्या हालसम्मकै उच्च हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रवार थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सँख्या ३२ पुगेको छ । विगत २४ घण्टामा ८२३ जना कोरोनामुक्त भएका छन्। उनका अनुसार विगत २४ घण्टामा ४ हजार ४८३ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यसैगरी हालसम्म २ लाख ४२ हजार बढीको पीसीआर परीक्षण भइसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
