जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा २७२ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ४१५ पुगेको छ ।
शनिबारसम्म २ लाख ४६ हजार २९७ पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या ३ लाख १० हजार ३०० छ ।
अहिलेसम्म ३३ हजार १२५ जना क्वारेन्टाइनमा रहेका छन् भने ९ हजार ४२ जना आइसोलेसनमा रहेका छन् ।
थप दुईजनाको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
प्रकाशित मिति: शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

