जनस्वास्थ्य सरोकार, काठमाडौं । छिमेकी देश भारतमा पनि कोरोना संक्रमण दिनहुँ भयावह रुपमा बढिरहेको छ । हिजो (शनिबार) भारत कोरोनाबाट सबैभन्दा बढी मानिसको मृत्यु हुने देशको तेस्रो स्थानमा पुगेको छ ।
कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा भारतमा ६१० जनाले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा कोरोना संक्रमणबाट सबैभन्दा धेरै ब्राजिलमा एक हजार १११ जनाले ज्यान गुमाएको वल्र्डओमिटरले जनाएको छ । यस्तै मेक्सिकोमा ६५४ जनाले ज्यान गुमाए ।
भारतमा शनिबार एकै दिन २४ हजार २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ६ लाख ७३ हजार ९०४ पुगेको छ । भारतमा अहिलेसम्म कोरोनाबाट १९ हजार २७९ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घण्टामा विश्वभर चार हजार ४८४ जनाले ज्यान गुमाएका छन् । पछिल्लो समय अमेरिकामा कोरोनाबाट हुने मृत्युदरमा उल्लेख्य मात्रामा कमी आउन थालेको छ ।
अमेरिकामा गएको २४ घण्टामा २४९ जनाले मात्र ज्यान गुमाएका छन् । त्यस्तै रुसमा १६९, पेरुमा १८६, चिलीमा १४१, इरानमा १४८, कोलम्बियामा १६५, इरानमा १०६, पाकिस्तानमा ६८ जनाले ज्यान गुमाएका छन् ।
आज (आइतबार) विहानसम्मको तथ्याङ्क अनुसार विश्वभर अहिलेसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच लाख ३२ हजार ८५६ पुगेको छ भने संक्रमितको संख्या एक करोड १३ लाख ७१ हजार ४०७ पुगेको छ । गएको २४ घण्टामा विश्वभर गरेर एक लाख ८८ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये अहिलेसम्म ६४ लाख भन्दा धेरै उपचारपछि निको भएका छन् ।एजेन्सी
प्रकाशित मिति: आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

