जनस्वास्थ्य सरोकार, बागलुङ। बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । बागलुङको ढोरपाटन नगरपालिका– ४ खुंगाको क्वारेन्टाइनमा बसेका उनको गएराति मृत्यु भएको थियो ।
उनको दिउँसो आइतबार मात्रै रिपोर्ट आएको हो । जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूका अनुसार फोक्सोमा समस्या देखिएपछि उपचारको लागि भारत गएका उनी असार ३ गते मात्रै बागलुङ आएका थिए ।
क्वारेन्टाइनमा बसेका मृतकका ५ आफन्तको स्वाब लिइएकोमा ३ जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी सैंजूले जानकारी दिए । मृतकका छोरा ९बालक० को भने रिपोर्ट अझैं आइनसकेको उनले जानकारी दिए ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । अहिले उनको शव व्यवस्थापनको तयारी थालिएको छ । यसअघि प्रदेशभित्र स्याङ्जाका दुई र गोरखाका एक जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
प्रकाशित मिति: आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
