जनस्वास्थ्य सरोकार, काठमाडौँ । राजधानीको ढलमा कोरोना भाइरस देखिएपनि समुदायमा कोरोना फैलियो भनेर भन्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज आयोजना गरेको प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।
संक्रमित व्यक्ति वा निको भएपछि ढलमा भाइरसका टुक्रटुक्री देखिएपनि सर्ने खालको नभएको उनले बताए । सामान्य तापक्रमको पानी, फोहोर पानी, अस्पतालबाट निस्किने ढलको पानीमा पनि २ दिनसम्म बाँच्ने उनले बताए ।
प्रवक्ता डा. गौतमले भाइरसको पहिचान भएपनि यसको माध्यमबाट सर्न सक्ने सम्भावनालाई अहिलेसम्म कुनै पनि देशले पुष्टि गरेको बताए । ढलमा भाइरस देखिँदैमा नआत्तिन आग्रह गर्दै उनले अन्य रोगका किटाणु पनि भएकाले विशेष सतर्कता अपनाउन भने आग्रह गरे ।
उनले सरसफाईकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाउन पनि आग्रह गरे ।
प्रकाशित मिति: आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
