जनस्वास्थ्य सरोकार, काठमाडौँ। विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस हावाबाट सर्न सक्ने दाबी वैज्ञानिकहरुले गरेको छन् । विश्वका ३२ देशका २३९ वैज्ञानिकहरूले कोरोनाभाइरस हावाबाट सर्न सक्ने दावी गरेका अमेरिकी सञ्चार माध्यम दि न्युयोर्क टाइम्सले जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई यसबारे वैज्ञानिकहरुले जानकारी गराउँदै यसलाई समेट्न पत्राचार गरेका छन् ।
संगठनले लामो समयदेखि कोरोना भाइरस हावाबाट नफैलिने दावी गर्दै आएका बेला वैज्ञानिकहरुको अध्ययनले हावाबाट पनि कोरोना सर्ने जिकीर गरेको छ । संक्रमितको सम्पर्कमा आएमा वा श्वासप्रश्वास माध्यमबाट र खोग्दा वा हान्छिउँ गर्दा निस्कने थुकका छिट्टाबाट मात्र कोरोना सर्न बताउँदै आएको डब्लूएचओलाई अब हावाबाट सर्नेबारे वैज्ञानिकहरुले जानकारी गराएका हुन्
। हावामा भाइरसका स–साना कणहरु रहने र यसले मानिसलाई संक्रमित गर्ने उनीहरुको दावी छ। वैज्ञानिकहरूले विश्व स्वास्थ्य संगठनलाई कोरोनाभाइरस सम्बन्धीको दस्तावेजलाई संशोधन गर्न समेत आग्रह गरेका छन्। अनुसन्धानकर्ताहरु अर्को पत्र एक वैज्ञानिक पत्रिकामा अर्को हप्ता प्रकाशित गर्ने योजना गरिरहेका छन् ।
त्यसैगरी, कोरोनाभाइरसको जून २ मा डब्ल्यूएचओ जारी गरेको अन्तिम अपडेटमा, चिकित्सा प्रक्रिया गर्दा मात्रै भाइरसको वायु वाहक प्रसारण सम्भव रहेको जनाएको थियो। यस्तो अवस्थामा हावामा एयरोसोल वा कण उत्पादन हुने जुन ५ माइक्रोन भन्दा सानो हुने संगठनको भनाइ छ।एजेन्सी
प्रकाशित मिति: सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
