जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार लकडाउन केही खुकुलो भएसँगै उपत्यकामा संक्रमितको संख्या बढ्दै गएको हो ।
सोमबार मात्रै उपत्यकाभित्र ५४ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना रहेका छन् । देशभर आजमात्रै १ सय ८० जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म देशभर संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।
त्यस्तै बागलुङको मुसिखोला ३ का २९ वर्षिय पुरुषको २१ गते क्वारेन्टाइनमा कोरोनाकै कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । भारतबाट क्षयरोगको उपचार गरेर फर्किएका उनको ढोरपाटन नगरपालिकाको क्वारेन्टानमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै देशभर कोरानाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ । सोमबार २ सय ६४ जना संक्रमित निको भएर घर फर्किएका छन् । सोमबारसम्म संक्रमण मुक्त भएर ६ हजार ८ सय ११ जना डिस्चार्ज भएका छन् ।
त्यस्तैगरी पछिल्लो २४ घण्टामा ४ हजार ७ सय २१ पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म देशभर पीसीआर विधिबाट २ लाख ५५ हजार ७ सय २७ परीक्षण गरिएको छ । भने ३ लाख ११ हजार ७ सय २४ आरडीटी परीक्षण गरिएको छ । अहिले देशभरीका क्वारेन्टाइनहरुमा २९ हजार २ सय १५ जना रहेका छन् । देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार १ सय १८ जना संक्रमित उपचाररत रहेका छन् ।
प्रकाशित मिति: सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
