जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार २८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा २८ जना नयाँ संक्रमित थपिएका हुन्। गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा कोरोना पुष्टि भएको छ। त्यसैगरी पाटन अस्पतालको ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका १२ जना, भक्तपुरका ४ जना र ललितपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणबाट काठमाडौंका थप एकजनामा कोरोना पुष्टि भएको छ। सोमबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै ५४ जनामा कोरोना देखिएको थियो। देशका अन्य भागमा कोरोना संक्रमित घट्दै गर्दा काठमाडौंमा भने कोरोनाको ग्राफ उकालो लागिरहेको छ।
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
