जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले ब्यूबनिक प्लेगको शङ्का गरेको एउटा बिरामी भेटेको बताएका छन्। ती व्यक्ति कसरी सङ्क्रमित भए थाहा हुन सकेको छैन तर चीनमा थप सङ्क्रमण हुन सक्ने भन्दै उच्च सर्तकता अपनाइएको छ। मानव इतिहासमा प्लेग एउटा घातक रोगको रूपमा रहेको छ तर अहिलेको समयमा एन्टीबायोटिकले यसको सजिलै उपचार गर्न सकिन्छ।
ब्यूबनिक प्लेग के हो?
मुसा र त्यसका परजीवीमा पाइने येर्सिनिया पेस्टिस (Yersinia pestis) नामक सूक्ष्मजीवका कारण प्लेग लाग्छ। यो एउटा घातक सङ्क्रामक रोग हो। ब्यूबनिक प्लेग सबैभन्दा सजिलै मानिसमा लाग्ने प्लेग हो। यो रोग लागेपछि काखी र तिघ्राको बीचमा दुख्ने सुन्निएको डल्लो देखिन्छ। सन् २०१० देखि २०१५ सम्म विश्वभरि यसका ३,२४८ बिरामी भेटिएकोमा ५८४ जनाको मृत्यु भएको थियो। पहिले यसलाई अङ्ग्रेजीमा "ब्ल्याक डेथ" अर्थात् "कालो काल" पनि भनिथ्यो। किनभने यो रोग लागेका मानिसहरूको हात र खुट्टाको औँलाहरू कालो भएर काम नलाग्ने हुँदै जान्छन्।यो रोग कस्तो हुन्छ?
ब्याक्टेरिया सङ्क्रमण भएको दुईदेखि छ दिनमा मानिस बिरामी पर्छ।
प्लेग भएका व्यक्तिको लिम्फ नोडबाट सङ्कलित नमुना सूक्ष्मदर्शक यन्त्रबाट यस्तो देखिन्छ[/caption]यो रोग कसरी सर्छ?
यसको सङ्क्रमण निम्न कारणले हुन सक्छ:- सङ्क्रमित उपियाँको टोकाइबाट
- मुसाजस्ता सङ्क्रमित जनावरलाई छुँदा
- सङ्क्रमित मानिस वा जनावरको सास वा खोकीबाट निस्किने छिटाबाट
उपचार सम्भव छ?
सङ्क्रमित जनावरको रगतका रहेको ब्याक्टेरिया मानिसको घाउमार्फत् पनि रगतमा प्रवेश गर्न सक्छ। चीनमा अहिले सङ्क्रमण हुन सक्ने जनावर मार्न र खान प्रतिबन्ध लगाइएको छ। प्लेगका कारण मृत्यु भएका मानिसको शवनजिकै जाने व्यक्तिहरूलाई पनि यो सर्न सक्छ।सङ्क्रमण भएपछि जतिसक्दो छिटो एन्टीबायोटिकमार्फत् उपचार गर्नु महत्त्वपूर्ण छ। बिनाउपचार यो रोग घातक हुन्छ। रगत वा शरीरका अन्य नमुना लिएर गरिने परीक्षणले ज्यान जोगाउँछ।के महामारी सम्भव छ?
प्लेग अझै पनि संसारका थुप्रै स्थानमा छ। हालैका वर्षमा कङ्गो र म्याडाग्यास्करमा यो फैलिएको थियो। साउथह्याम्पटन विश्वविद्यालयसँग आबद्ध सूक्ष्मजीववैज्ञानिक डा. म्याथ्यू ड्राईडन भन्छन्, "सुरुमै चरणमा ती सङ्क्रमण थाहा भएका कारण एक्ल्याएर उपचार गर्न र सङ्क्रमण रोक्न सहज भयो।" "ब्यूबनिक प्लेग ब्याक्टेरियाले हुने भएकोले एन्टीबायोटिकले सहजै उपचार गर्न सकिन्छ। त्यसैले चीनमा एकजनामा सङ्क्रमण भेटिनु जोखिम सुनिए पनि अहिलेलाई त्यो सहजै उपचार हुनेगरी एक जनामा मात्रै देखिएको छ।" बीबीसी
प्रकाशित मिति: बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

