जनस्वास्थ्य सरोकार,पोखरा। गण्डकी प्रदेशमा गएको २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका दुई स्थानीय तहमा नयाँ संक्रमित फेला परेका हुन् ।
संक्रमण पुष्टि हुनेमा पोखरा महानगरका १० जना छन् । उनीहरु २५ देखि ५१ वर्ष उमेर समूहका पुरुष छन् । उनीहरुमध्ये अन्नपूर्ण गाउँपालिका ठेगाना भएका एक जना, कुवेतबाट आएका दुई जना, साउदी अरबबाट आएका चार जना, युनाइटेड अरब इमिरेट्सबाट आएका एक जना र भारतबाट दुई जना रहेको पोखरा महानगरपालिका स्वास्थ्य शाखा प्रमुख हेमन्त पौडेलले जानकारी दिएका छन् ।
यस्तै कास्कीकै मादी गाउँपालिकामा पनि तीन जना कोरोना संक्रमण फेला परेको छ । उनीहरुमध्ये एक जना २८ वर्षीया महिला हुन् भने ३५ र ३७ वर्षका २ जना पुरुष हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सबैजना सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र आइसोलेसनमा लैजाने तयारी भइरहेको जानकारी दिएको छ ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार १२९ पुगेको छ । बुधबार बिहान मात्रै गण्डकी प्रदेशका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु बागलुङ, तनहुँ र म्याग्दीका थिए एक–एक जना थिए ।
गण्डकी प्रदेशभरिका कुल संक्रमितमध्ये ३५३ जना निको भएका छन् । प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ । उपचारका क्रममा स्याङ्जाका २ जनाको पोखरामा, गोरखाका एक जनाको मृत्यु भएको थियो । बागलुङका एक जना पुरुषको क्वारेन्टिनमा मृत्यु पश्चात कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
