जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितहरुको संख्या १६,४२३ पुगेको छ ।
यसैगरी बुधबार २९३ जना कोरोनामुक्त भएर घर फर्किएका छन । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या ७,७५२ पुगेको छ । मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार, वितेको २४ घण्टामा कोरोना संक्रमणका थप एक जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।
हालसम्म क्वारेन्टाइनमा २५,०४० जना बसेका छन भने ८,६३६ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेका मध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन ।
अहिलेसम्म पीसीआर विधिबाट २,६६,५६७ जनाको नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ४,६९६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।
प्रकाशित मिति: बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

