जनस्वास्थ्य सरोकार, काठमाडौँ । राजधानीको उत्तर पूर्वी भेगका दुई नगरपालिकामा बुधबार दुई कोरोना सङ्क्रमित पुष्टि भएपछि यस क्षेत्रको चहलपहल घटेको छ । कागेश्वरी मनोहरा नगर अस्पताल मूलपानीबाट यही असार २२ गते स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुईजनामा पोजेटिभ पुष्टि भएको हो । पिसिआर विधिबाट परीक्षणका लागि २८ जनाको स्वाब लगिएकामा बुधबार दिउँसो दुई जनामा पोजेटिभ पुष्टि भएको नगर अस्पतालका प्रमुख डा विप्लब अधिकारीले जानकारी दिनुभयो ।
नगर अस्पतालबाट हप्तामा दुईदिन सोमबार र शुक्रबार सो परीक्षणका लागि स्वाब सङ्कलन गर्ने गरिएको छ । कोरोना पोजेटिभ प्राप्त भएकामा गोकर्णेश्वर नगरपालिका वडा नं।– ५ जोरपाटीका एक र कागेश्वरी मनोहरा नगरपालिका वडा नं।–६ मूलपानीस्थित सृजनाटोलका एक गरी दुई जना छन् । दुवै जना केही दिन अघि साउदी र दुबईबाट स्वदेश फर्किएका हुन् । दुवै जना युवा उमेर समूहका भएको अस्पतालले जनाएको छ ।
ती क्षेत्रका मानिसमा कोरोना पोजेटिभको जानकारी पाएपछि असारको पहिलो सातादेखि बढेको चहलपहलमा कमी आएको छ । बुधबार दिउँसो दुईजनामा पोजेटिभको खबर फैलिएपछि धेरैले आ आफ्ना व्यापार व्यसाय बन्द गरेका थिए । नजिकै बस्ने मानिसमा कोरोना पोजेटिभ आएको खबर सुनेपछि जोरपाटी चोकमा कम्प्युटर इन्ष्टिच्युट सञ्चालन गर्नुहुने राजेन्द्र डङ्गोल व्यवसाय बन्द गरी घर फर्कनुभएको थियो ।
यसअघि नेपाल मेडिकल कलेज अत्तरखेलमा भर्ना भएका दुई जनामा यही असार १५ गते कोरोना पोजेटिभ भेटिएको थियो । पोजेटिभ भेटिएका गोकर्णेश्वर ७ शिवचोककी १९ वर्षीय महिला र शंखरापुर नगरपालिका वडा नं। ४ फेदीकी ३९ वर्षीय महिलाको भने ट्राभल हिस्ट्री नभएको गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले बताउनुभयो ।
यसैगरी गोकर्णेश्वर नगरपालिका वडा नं. ६ तामाङ गुम्बा नजिकैका एक महिलामा पनि न्यूरो अस्पताल बाँसबारीमा उपचारका क्रममा पिसिआर परीक्षण गर्दा पोजेटिभ भेटिएको शाखाले जनाएको छ । नगर क्षेत्रका सबै सङ्क्रमितलाई हाल विभिन्न अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेको छ ।
सङ्क्रमितको नजिकको परिवारका ११ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि सो प्रयोगशाला टेकुमा पठाइएको छ । स्वाब सङ्कलन गरिएका सबैलाई नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा राखिएको जनाइएको छ । रासस
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
