जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाली औषधि उद्योगहरुले सजिलै उत्पादन र आपूर्ति गरिरहेको सेनेटाइजरको दर्ता समयाबधि ३ महिना थप गरिएकोमा नेपाल औषधि उत्पादक संघ (एपोन) ले घोर विरोध गरेको छ ।
यस सम्बन्धमा नेपाल औषधि उत्पादक संघ (एपोन) को आजको आकस्मिक बैठकले तय गरेबमोजिम सम्माननीय प्रधानमन्त्रीको कार्यालय, स्वास्थ्य मन्त्री, स्वास्थ्य मन्त्रालय र महानिर्देशक औषधि व्यवस्था बिभागमा दर्ता गरिएको छ ।
औषधि व्यवस्था विभागले बजारमा रहेका सेनेटाइजरको गुणस्तरको सुनिश्चितताको लागि हाल सम्म कुनै कार्य नगरेको र यस अघि दिइएको ३ महिनाको समयावधि गुणस्तरीय सेनेटाइजर दर्ताका लागि पर्याप्त भएको ठहर गर्दै एपोनले बिना गुणस्तर परीक्षण र दर्ता बिना सेनेटाइजर आयात र उत्पादन गर्न दिने निर्णय सम्पूर्ण नेपालीको स्वास्थ्य सँगको खेलबाड भएको उल्लेख गरेको छ ।
एपोनका महासचिव विप्लव अधिकारीले भन्नुएको छ —‘नेपाल सरकारको नीति बमोजिम स्वदेशमा नै पर्याप्त कच्चापदार्थ उपलब्ध रहेको र हाम्रा ४० वटा उद्योगले पर्याप्त उत्पादन पनि गरी आत्मनिर्भर भइसकेको यस उत्पादनको दर्ता समयाबधि थपलाई ३ दिन भित्र रोकि दर्ता प्रक्रियाबाट आउने गुणस्तरीय उत्पादनलाई अनुमति दिनुहुन बिनम्रतापुर्वक अनुरोध गर्दछौं ।’संघको माग प्रति बेवास्ता गरी ३ दिन भित्र सम्बोधन नगरिएमा संघ कडा रुपमा बिरोधमा उत्रिन बाध्य उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
