जनस्वास्थ्य सरोकार, काठमाडौँ । झापाको विर्तामोड स्थित बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन नदिनुको कारणसहित लिखित जवाफ पेस गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्च अदालतले आदेश दिएको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.को एकल इजलासले बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन रोक्नुपर्ने कारण सहित लिखित जवाफ १५ दिन भित्र पेस गर्न असार २३ गते आदेश दिएको हो ।
मेडिकल कलेजले सबै प्रक्रिया पुरा गर्दा पनि सम्बन्धन नपाएको भन्दै कलेज सञ्चालक दुर्गा प्रसाईले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको थियो । सो को सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो । सञ्चालक प्रसाईले दायर गरेको निवेदनको विषय सार्वजनिक महत्व भई चाँडो निर्णय हुनुपर्ने प्रकृतिको देखिएकाले सर्वोच्च अदालतले नियमावली २०७४ को नियम ७३ बमोजिम अग्रधिकारमा राख्न आदेश दिइएको छ ।बी एण्ड सी का सञ्चालक प्रसाईले सबै प्रक्रिया पुरा भएकाले चाँडो भन्दा चाँडो सम्बन्धन पाउनुपर्ने माग गर्दै आउनुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
