जनस्वास्थ्य सरोकार, सिमकोट। पछिल्लो समय जिल्ला अस्पताल हुम्लामा बिरामी बढ्दै जान थालेपछि शय्या अभाव हुन थालेको छ । वर्षायाममा हुने मौसम परिवर्तनलगायत कारण जिल्लामा बिरामीको बढेपछि अस्पताललाई उपचारमा समेत कठिनाइ भएको छ ।
जम्मा १५ शय्या व्यवस्था भएको अस्पतालमा असार दोस्रो सातायता जटिल प्रकृतिका बिरामी दिनप्रतिदिन बढ्दै जान थालेपछि भर्ना गरेर राख्न अभाव भएको जिल्ला अस्पतालका डा टसी लामाले जानकारी दिए । सदरमुकाम र आसपासका क्षेत्रबाट दैनिक ८० देखि ९० बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा बिरामीको चाप दैनिक दिन बढेपछि जटिल रोगका बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको डा लामाले बताए ।
यतिबेला अस्पतालमा झाडापखाला, दम, मुटु रोगलगायतका बिरामी बढी आउने गरेका छन् । भर्ना भएका बिरामीमा वृद्धवृद्धा र बालबालिका बढी छन् । केही दिनअघिसम्म कोरोना सङ्क्रमणका कारण बन्दाबन्दी भएका बेला अस्पतालका शय्या खाली भए पनि पछिल्लो समय खुकुलो भएपछि बिरामी बढेका छन् । रासस
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
