जनस्वास्थ्य सरोकार, विराटनगर । प्रदेश नम्बर १ मा बिहीबार दुई जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा झापा र सुनसरीका एकरएक जना रहेका छन् । प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ७०४ पुगेको छ । यस्तै प्रदेशबाट बिहीबार १४ जना सङ्क्रमित निको भई घर फर्केका छन् । यसरी घर फर्केनेमा दुई महिलासहित १४ जना छन् ।
पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन अस्पताल मोरङबाट नौ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीन जना र कोभिड–१९ आइसोलेसन केन्द्र उदयपुरको चौदण्डीगढीबाट दुई सङ्क्रमित निको भै घर फर्केको मन्त्रालयले जनाएका छ । प्रदेशबाट अहिलेसम्म निको हुनेको सङ्ख्या ५४१ पुगेको छ । रासस
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
