जनस्वास्थ्य सरोकार, भीमदत्तनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलीले कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा शुक्रबारदेखि सर्वसाधारणलाई अनिवार्यरुपमा मास्क लगाएर मात्रै बाहिर हिँडडुल गर्न आग्रह गरेको छ । यसका लागि कार्यालयले निगरानी समेत बढाएको छ ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश केसीको नेतृत्वमा ट्राफिक प्रहरी प्लेकार्डसहित बजार क्षेत्रमा सचेतना फैलाउँदै हिँडेको छन् । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारको निर्देशनअनुसार आफूहरु सर्वसाधारणलाई मास्क लगाउन आग्रह गर्दैै हिँडेको उहाँको भनाइ छ ।
पाँच दिनअघि गृह मन्त्रालयले विनामास्क घर बाहिर निस्कनेलाई पक्राउ गर्नसमेत प्रहरीलाई निर्देशन दिइसकेको छ । “पहिलो चरणमा हामीले मास्क लगाउन आग्रह गर्दै सम्झाइरहेका छौँ”, उहाँले भन्नुभयो, “विस्तारै निगरानी र कारवाही अघि बढ्छ ।” विनामास्क घर बाहिर हिँडे सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ ।
प्रहरीले विनामास्क बजार क्षेत्रमा हिँडडुल गरेको पाइए कारवाही गर्ने तयारी गरिरहेको छ । “सवारीसाधन रोकेर मास्क लगाउनभन्दा धेरैले गोजीमा झोलामा राखेको भेटियो”, उहाँले भन्नुभयो, “मास्क आफँै स्वास्थ्य सुरक्षाका लागि हो भन्ने सोच्न सबैले आवश्यक छ ।” जिल्लामा पछिल्लो समय लकडाउन खुकुलो भएसँगै बजार क्षेत्रमा भीडभाड बढ्दै गइरहेको छ ।रासस

प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ